२०८१ श्रावण १२

लुम्बिनीमा विपद् तालिम
  • लुम्बिनी खोज
  • २०८० श्रावण २७, शनिबार १३:२७ गते

लुम्विनी २७ साउन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यूनिकरण तथा जलवायु परिर्वतन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको ३ दिने तालिममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पुर्वतयारी गर्नुपर्ने बताए । बाढि, आगोलागी, पहिरो, भुकम्प, चट्यान जस्ताबाट बच्नका लागी सावधानी अपनाउने र उद्धारका लागी तयार अवस्थामा बस्नुपर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका केही वडाअध्यक्ष, नगरपालिकाका विपद् शाखा प्रमुख शेषराम यादव लगायतको बिशेष उपस्थीति रहेको थियो ।