२०८१ फाल्गुन ७
बुटवल २९ साउन ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक सोमबार पनि स्थगित भएको छ। सोमबारको प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको हो। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए।
सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर प्रतिनिधि सभा बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।
बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईले धारणा राखेका थिए।
बैठकमा विशेष समय लिएर कांग्रेस सांसद सुनील शर्माले आफ्नो पक्राउ नियोजित भएको भन्दै आपत्ति जनाए। उनले गृहमन्त्रीले राजीनामा नदिए आफू आमरण अनशन बस्ने चेतावनीसमेत दिए।
यता सत्तारूढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सदनमा देशको प्रधानमन्त्रीविरुद्ध अपशब्द बोलेको भन्दै रेकर्डबाट हटाउन मागेसँगै एमाले सांसदले नाराबाजी सुरु गरे। शर्माले आतंककारी शब्द प्रयोग गरेका थिए ।