२०८१ श्रावण १२

लुम्बिनी प्रदेशमा जनआकांक्षालाई केन्द्रमा राखेर काम गरिरहेको छु: मुख्यमन्त्री चौधरी
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३०, मंगलवार ०९:५९ गते

नेपालगञ्ज,३० साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कुनै दल, समूह वा गुटलाई प्रश्रय गर्ने गरी नभई जनआकांक्षालाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन ।
नेपाली कांग्रेस, बाँकेले मंगलबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले प्रदेशको विकास र समृद्धिका लागि कुनै स्वार्थ नराखी काम गरिरहेको उल्लेख गरे।
उनले बाँकेमा राप्ती नदीको कटान रोक्न तटबन्ध गर्ने विषयलाई प्राथमिकतामा राखेको बताए।
नेपालगञ्ज प्राचीन सहर भएकाले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री चौधरीको भनाइ छ । उनले अल्पसंख्यकर पिछडिएका जातजाति, परम्परागत सीप, कला, संस्कृतिको संरक्षण र संवद्र्धनका लागि लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएको जानकारी दिए।
कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति नारायणप्रसाद गौडेलले जिल्लामा तटबन्ध, यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना, पार्टीको निर्माणाधीन सुशील कोइराला स्मृति भवनका लागि सहयोग लगायतका विषयमा मुख्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए।