२१ फाल्गुन २०८०, सोमबार

धनकोष सहकारीको स्थापना दिवसमा रक्तदान र राहत वितरण
  • लुम्बिनी खोज
  • २१ पुष २०७८, बुधबार १०:०७

बुटवल , २१ पुस ।
एएफसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले बुधबार रक्तदान कार्यक्रमका साथै राहत वितरण गरेको छ ।
संस्थाको स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान र अनाथ बालबालिकालाई राहत प्रदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन तिलोत्तमा–९ का वडाअध्यक्ष नारायण प्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य तथा अन्य नियमित रक्तदाताबाट ५१ युनिट रगत संकलन भएको वरिष्ठ व्यवस्थाक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

संस्थाले स्थापना दिवसकै अवसरमा तिलोत्तमा–९ तुलसीपुरमा रहेको सिर्जनशील अनाथ आश्रममा रहेका बालबालिकाहरुलाई न्यानो कपडा, खाद्यान्न सामग्री, खाना पकाउने सिलिण्डर राहतस्वरुप प्रदान गरेको छ ।
त्यस्तै स्थापना दिवसकै अवसरमा संस्थाले बुटवल मैनाबगरमा बसोबास गर्ने संस्थाका शेयर सदस्य बलराम पछाईंको मृत्यु भएकोमा निजको परिवारलाई समेत शोक अनुदान बापत एकलाख रुपियाँ र कल्याणकारी कोषबाट शेयर बराबरको रकम पाँचहजार रुपियाँ गरी एकलाख पाँचहजार रकम राहत स्वरुप मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । संस्थाले बिगतदेखि नै मृतक सदस्यहरुको परिवारलाई राहतस्वप एकलाख र शेयर बराबरको रकम अनुदान दिंदै आएको छ ।त्यस अवसरमा संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार हरिप्रसाद कंडेल, सल्लाहकार नारायण रेग्मी, उपाध्यक्ष झविन्द्रप्रसाद कंडेल, सचिव निरज कंडेल, कोषाध्यक्ष धनेन्द्र पौडेल, सञ्चालक डा. क्रृषिराम शर्मा, वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवाली, सिर्जनशील संस्था नेपालका अनिता पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।