२०८१ श्रावण १२

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३, आईतवार १३:३० गते

काठमाडौँ ३ भदौ ।
संघीय संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेबाट निरन्तर संसदमा अवरोध रहिरहेपछि राष्ट्रपतिले यसबारेमा छलफलका लागि मंगलबार बिहान साढे ८ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसद्मा‌ प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई मंगलबार बिहान साढे ८ बजे शितल निवास बोलाइएको हो ।
सुन प्रकरणलाई लिएर विपक्षी दल नेकपा एमालेले पटक(पटक संसद् अवरुद्ध पार्दै आएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रपति सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसअघि राष्ट्रपति पौडेललाई भेट्दै संसद्‌को गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए ।आजैमात्रै पनि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा सर्वदलीय बैठक राखेका थिए । तर उक्त बैठक निष्कर्षविहीन बनेको थियो ।