२०८१ श्रावण १२

प्रधानन्यायाधीश श्रेष्ठद्धारा शपथ तथा पदभार ग्रहण
  • लुम्बिनी खोज
  • २०८० भाद्र ५, मंगलवार १२:३८ गते

काठमाण्डौं ५ भदौ ।
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सपथ तथा पदभार ग्रहण गरेका छन्।

मंगलबार दिउँसो शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि श्रेष्ठले रामशाह पथमा रहेको सर्वोच्च अदालतमा आएर श्रेष्ठले पदभार ग्रहण गरेका हुन्।

सर्वोच्च अदालत परिसरमा न्यायाधीश र कर्मचारीले उनको स्वागत गरेका थिए।

श्रेष्ठ अब १३ महिना प्रधानन्यायाधीश पदमा बहाल हुनेछन्।
श्रेष्ठलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हु्न। संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो।

०१६ असोज २० मा डोटीमा जन्मिएका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोवास रहेकोमा हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएका छन्। श्रेष्ठ ०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन्।