२०८१ श्रावण १२

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमाअध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पेश
  • लुम्बिनी खोज
  • २०८० भाद्र ५, मंगलवार १०:२७ गते

एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने सात आधार, आगामी कार्ययोजना प्रस्तुत

काठमाडौ,५ साउन ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

राजधानीमा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ ।

यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण,  समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

यस्तै आगामी कार्ययोजनका रूपमा नेपालले सङ्गठनात्मक काम, विचारधारात्मक, प्रचारात्मक, आर्थिक कामका साथै कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, जनजागरण अभियान र राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।