२०८१ श्रावण १२

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा प्रतिवेदनमाथि छलफल जारी
  • लुम्बिनी खोज
  • २०८० भाद्र ६, बुधबार ०८:२५ गते

काठमाडौ, ६ भदौ ।

सत्तारूढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ।

मंगलबारबाट ललितपुरको बालकुमारीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका प्रतिवेदनमाथि आज छलफल जारी रहनेछ।

बैठकको दोस्रो दिन बुधवार ११ बजेसम्म ३० जना नेताहरूले धारणा राखिसकेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  बुधवार बिहान ८ बजेबाट सुरु भएको बैठकमा घनप्रसाद गौतम, ठगेन्द्रप्रकाश पुरी, अमृत तिम्सिना, बालगोपाल थापा, जुद्धबिलास भण्डारी, टिकाराम शर्मा, अमरनाथ शर्मा, नरेन्द्र, दिर्घ सोडारी, शेरबहादुर कुँवर, झम्क कँडेल लगायतले बोलिसकेका छन् ।

त्यसैगरी पूर्णा जोशी, लालबहादुर थापा, धर्म पौडेल, पासाङ शेर्पा, धनराज आचार्य, शान्ता पाख्रिन सोम सापकोटा, हस्त शाही, शिवराग बिस,बिदुर बिसु, विष्णु लम्साल, केदार बिसुन, केदार सन्जेल बिसुन्क, मुनु सिग्देल राजकुमार बिसुन्ख, मोहन गौतम, पुष्प पोखरेल, पार्वती बिसुन्खे, लक्ष्मण कुँवर र सत्यनारायण यादवले अध्यक्षको प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । एकीकृत समाजवादीमा झन्डै ४सय जना केन्द्रीय सदस्य रहेका छन् । केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिएर बैठक बिहीबार सक्ने तयारी छ ।

सोही प्रतिवेदनमा छलफल चलिरहेको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक–वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख छ।