२०८१ श्रावण १२

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सत्ता-प्रतिपक्षीबीच सहमति
  • लुम्बिनी खोज
  • २०८० भाद्र ६, बुधबार ०८:५५ गते

काठमाडौ, ६ भदौ ।

सुन प्रकरण छानबिन गर्न जाँचबुझ आयोग गठन गर्न सरकार र प्रतिपक्षी दलहरूबीच सहमति जुटेको छ।

सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकमा जाँचबुझ आयोग ऐन २०५६ बमोजिम आयोग गठन गर्ने सहमति भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता र प्रतिपक्षका ७ दलबीच सिंहदरबारमा छलफल भएपछि जाँचबुझ आयोग गठन गर्ने सहमति जुटेको हो। २ बुँदे सहमतिमा ७ दलका सचेतकहरूले हस्ताक्षर गरेका छन्।  यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ।

‘सुन तस्करीबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, सुधार, पटकपटकका सुन तस्करीका छानबिन अनुसन्धान बारे अध्ययन गरी सुझावसहित प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गरी असोज ५ गतेदेखि आयोगले काम प्रारम्भ गर्नेछ,’ सहमतिमा लेखिएको छ।