८ जेष्ठ २०८१, मंगलवार

राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको छ : नेता भुसाल
  • लुम्बिनी खोज
  • ८ भाद्र २०८०, शुक्रबार १०:५६

बुटवल,८भदौ ।

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको  बताएका छन ।

काठमाडौंंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भुसालले  नेपाली राजनीतिमा पछिल्लो समय घृणा, खुट्टा तानातान, गाली गलौचजस्ता गलत संस्कृति बन्दै गएको बताए  ।

नयाँ पार्टीहरुप्रति लक्षित गर्दै उनले अहिले राजनीतिक गालीबाट युवापीढीमा गलत असर पुग्ने उनको भनाइ छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्न नसकेका कारण बाम शक्तिहरु तितरवितर भएको उनको आरोप छ। उनले भने, ‘नेपालले के गुमायोभन्दा शिक्षा क्षेत्रमा मात्र १० वर्षमा भइसक्ने काम पनि भएन । पाँच वर्षमा भइसक्ने हाम्रो सार्वजनिक शिक्षा गुणस्तरीय भइसक्ने निजी र सार्वजनिक शिक्षाको विभेद हटिसकेको हुने भनिए पनि त्यो भएन ।’

राजनीतिमा अहिले घृणित संस्कृति हाबी भइरहेको उनको भनाइ छ । यही संस्कृतिका कारण अन्य विकासमा असर पुगेको उनले चर्चा गरे । गठबन्धनमा काँग्रेससँगै आफूहरु रहे पनि काँग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरुको भाग्य भविष्य नभएको पनि उनले बताए  ।