२०८१ श्रावण १२

समाजवादी मोर्चाको सभा भदौ १२ गते बुटवलमा
  • लुम्बिनी खोज
  • २०८० भाद्र १०, आईतवार ११:३७ गते

प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने

बुटवल,१० भदौ ।
समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आगामी भाद्र १२ गते बुटवलमा हुने भएको छ । मोर्चाको तर्फबाट आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिदै उक्त सभाको तयारीमा मोर्चाका दलहरु जुटेको बताईएको छ ।
लुम्बिनिको घोषणा सभाको ब्यबस्थापनको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको समेत सम्मेलनमार्फत जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र ० का केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले समाजवादी मोर्चा कसैको विरुद्धमा नभएको बताएका छ्न । तर उनले परिवर्तनहरुको विरुद्धमा लाग्नेको लागि भने बिरोधि मोर्चाको रुपमा रहने बताए ।” यो कसैको बिरुद्धमा जान गरिएको मोर्चा होइन , मुलुकको हित रास्ट्रिय हित बाहिर जानेको बिरुद्धको मोर्चा हो । ” नेता शाक्यले भने – परिवर्तन र संविधानको रक्षाको लागी समाजबादी मोर्चा आवस्यकता भयो, त्यसको लागि हो । ” नेता शाक्यले रास्ट्रियता जनजिबिका र संविधानले कल्पना गरेको समाजबादको दिशामा मोर्चा अघि बढने बताउदै गुण र दोषको आधारमा सरकारको बचाउ र बिरोध गर्ने रणनीति मोर्चाले लिएको बताए । उनले तत्काल पार्टी एकताको लागी मोर्चा नभएको र कालान्तरमा पार्टी एकता हुने बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी पोलिट्ब्युरो सदस्य एवं पुर्वी लुम्बिनि ब्युरो इन्चार्ज बसन्त सीले देशको राजनितिकअबस्था फेरीएको कारण देशमा बिगतमा भएका आन्दोलनको उपलब्धि माथी प्रहार हुने सम्भावना देश तथा विदेशी शक्तीको चलखेलबढ्न लागेको कारण मोर्चाको आवश्यकता रहेको बताए ।
आगामी भाद्र १२ गते बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मोर्चाको प्रदेशस्तरीय घोषणा कार्यक्रम हुनेछ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, माधव नेपाल, विप्लव, उपेन्द्र यादव लगायतका नेता सहभागी हुने मोर्चाले जनाएको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, मोर्चका प्रचार संयोजक मनिकर कार्की मोर्चामा आबद्ध दलका केन्द्रिय सदस्यहरु प्रदेश सदस्य तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो।