२०८१ श्रावण १२

एमाले लुम्विनी प्रदेश अधिबेशन, छानिए १ हजार ४ प्रतिनिधि, नेतृत्वका लागि नेताहरुको दाबेदारी
  • लुम्बिनी खोज
  • २०८० भाद्र ११, सोमबार १२:१२ गते

बुटवल ११ भदौ ।
नेकपा एमालेको लुम्विनी प्रदेश अधिबेशनको तयारी तीव्र पारिएको छ । अधिबेशन तयारीका क्रममा यहाका सबै १ सय ९ पालिकाबाट प्रतिनिधि चयन भएका छन । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालका अनुसार १ हजार ४ जना प्रतिनिधि छनौट भएका छन् । प्रतिनिधि तर्फ मनोनित गर्ने बाहेक छनौटको काम सकिएको र मनोनितको बारे निष्कर्षमा नपुगेको उनले बताइन । छनौट भएका प्रतिनिधिमा महिला ३० प्रतिशत, उत्पीडित जातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत भन्दा पनि बढी प्रतिनिधि छनोट भएको उनले बताइन ।
एमालले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दै छ । प्रदेशको अधिवेशन सन्र्दभमा बुटवलमा सोमबार विभिन्न सञ्चार माध्यमका रुपन्देही स्थीत सम्पादकहरु सँग अन्तरसम्वाद गर्दै अधिबेशन तयारीका बारेमा भएका गतिविधि बारे उनले जानाकारी गराइन ।
लुम्विनीमा अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दै छ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रति जिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले २६ बाट १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको प्रदेश कमिटी चयन हुने उनले जानकारी दिइन् ।
गुटका हल्ला वाहियात भएको जिकिर
अधिबेशन नजिकिदै गर्दा प्रदेशको नेतृत्व हात पार्न अहिलेका अध्यक्ष राधाकृष्ण कडेल र केन्द्रीय सदस्य हरि रिजाल मुख्य आकाक्षीका रुपमा अगाडी सरेका छन् । अध्यक्षका आकाक्षी अन्य नेताहरु पनि रहेका भएपनि अहिले मुख्य चर्चामा कडेल र रिजाल रहेका छन । यीनीहरु मध्ये कडेललाई पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेल र रिजाललाई महासचिव शंकर पोखरेलले अगाडी सारेको भन्दै चर्चा हुन थालेको छ । सचिव अर्यालले यी हल्ला वाहियात भएको जिकिर समेत गरिन । प्रदेशको नेतृत्व हात पार्न प्रतिनिधिहरु जति पनि उठ्न पाउने अधिकार यहा छ तर नेता जोड्ने कुरा गलत छ ।,– उनले भनिन् – सबै पालिकाबाट प्रतिनिधि छनौटको काम सकिएपनि नेतृत्वका विषयमा प्रवेश गरेका छैनौं । अध्यक्ष, उपाध्यक्ष, महासचिव सग जोड्न आवश्यक छैन, सर्वसहमतिबाट नेतृत्व चयनको प्रयास हुन्छ, भएन भने उम्मेदवार बन्नुहुन्छ, वाकस थाप्नुहुन्छ, स्वच्छ ढंगले प्रतिस्पर्धाको विधिबाट नेतृत्व चयन हुन्छ, यसमा माथिबाट प्रेसर हुदैन ।
प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले पहिलो र ऐतिहासिक अधिबेशन भएकाले यस अधिबेशनले विशेष महत्व राख्ने धारणा राखे । एमाले लुम्बिनी प्रदेश सदस्य मोहन चापागाईले ऐतिहासिक अधिबेशन तयारीका सन्र्दभमा विभिन्न तयारीका काम भइरहेको बताए । भदौ १६ र १७ गते बुटवल स्थीत अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने एमाले लुम्बिनी प्रदेश प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले जानाकारी दिएका छन ।
एमालेसग जोडिएका फाइल खोल्न अर्यालको चुनौती
नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेसग जोडिएका फाइल खोल्न सरकारलाई चुनौती दिएकी छिन् । एमाले नेतृत्वमा रहदा कुनै गलत नगरेको दावी गर्दै उनले एमाले सग जोडिएका फाइल खोलेर अनुसन्धान गर्न र गलत गरेको भए कारवाही गर्न चुनौती दिइन । अनुसन्धान गर्दा कुनै गलत गरेको नभेटिने हुदा काल्पनिक र मनोगढन्ते कुरा गरेर एमालेलाई बदनाम गर्न सकिन्छ की भनेर लागि परेको धारणा उनले राखिन । राज्यको मिसन मुलुक बनाउने नभइ आफ्नो स्वार्थमा रमाउने भएको आरोप लगाउदै उनले यसले गर्दा मुलुकको अर्थतन्त्र दयनिय अवस्थामा पुगेको बताइन । गठबन्धन नै वेथितिको कारक बनेको धारणा राख्दै उनले राज्य सञ्चालकहरु गैर जिम्मेवार बन्दै जादा जनतामा निरासाा छाएको समेत बताइन ।