२०८१ श्रावण १२

समाजवादी मोर्चाको आज बुटवलमा सन्देशसभा
  • लुम्बिनी खोज
  • २०८० भाद्र १२, मंगलवार ०६:४६ गते

बुटवल,१२ भदौ ।
समाजवादी मोर्चा लुम्बिनि प्रदेशस्तरीय घोषणा सभा आज बुटवलमा हुने भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मोर्चाको प्रदेशस्तरीय घोषणा कार्यक्रम हुदैछ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा उकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, जसपाका नेता राजकिशोर यादवलगायतका नेताले सम्वोधन गर्ने मोर्चाले जनाएको छ । कार्यक्रम दिउसो १ बजे शुरु हुने मोर्चाले जनाएको छ ।
बुटवलमा मोर्चाको प्रदेश समिति घोषणासहित सन्देशसभा गरिने कार्यक्रमका प्रचार प्रसार संयोजक मनिकर कार्कीले बताए । कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न गरिने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने उक्त सन्देश सभामा चार पार्टीका लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुबाट अगुवा कार्यकर्तासहित आम जनताको सहभागिता रहने कार्यक्रमका प्रचार प्रसार संयोजक कार्कीले बताए ।
गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चाको केन्द्रीय कार्ययोजना अनुरुप सातै प्रदेशहरुमा मोर्चाको प्रदेश समिति घोषणा र सन्देश सभा गर्ने कार्यक्रम अनुरुप बुटवलमा कार्यक्रम हुन लागेको हो ।
मोर्चाको केन्द्रीय निर्णय अनुसार लुम्बिनी प्रदेशको बुटवलमा हुने सन्देशसभाको संयोजन गर्ने जिम्मेवारी नेकपाले पाएको थियो । लुम्बिनी प्रदेशमा समाजवादी मोर्चाको प्रादेशिक तथा स्थानीय संरचना निर्माण गरी प्रदेश अन्तर्गतका सबै स्थानीय तहहरूमा समाजवादी मोर्चाको कार्यक्रम र अभियानहरू संचालन गर्ने कार्ययोजना निर्माण गरिसकेको छ ।