२०८१ श्रावण १२

समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समिति
  • लुम्बिनी खोज
  • २०८० भाद्र १२, मंगलवार १३:०९ गते

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा मंगलवार आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभा’मा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो ।
मोर्चामा आबद्ध दलका ३÷३ जना नेताहरू सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिइएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गा बहादुर थारु र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा रहेका छन ।
यसै गरी एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य समेत रहेका प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डे, पोलिटब्यूरो सदस्यहरु निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । त्यस्तै जसपाबाट नेताहरु नवीन कुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहेका छन् । यस्तै नेकपाबाट पोलिटब्यूरो सदस्य वसन्त सी, केन्द्रीय सदस्यहरु नारायण सी र सम्झना सी समितिमा रहेका छन् ।