२०८१ श्रावण १२

जहा वेथिति र भ्रष्टाचार त्यहा प्रहार: प्रचण्ड
  • लुम्बिनी खोज
  • २०८० भाद्र १२, मंगलवार १३:४८ गते

मुलुक नया खालको ध्रुविकरणमा: विप्लब सी

बुटवल १२ भदौ ।
प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतालाई अधिकार सम्पन्न गराउन मोर्चा सडकमा उत्रिन सक्ने बताएका छन । समाजवादी मोर्चा नेपाल लुम्बिनीले मंगलबार बुटवलमा गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले मुलुकलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्न विशाल शक्ति सञ्चय गर्दै अगाडी बढ्नुपर्ने पनि बताए । विगतका भएका आन्दोलन तथा परिवर्तनहरु जनयुद्ध , जनआन्दोलन, मधेश आन्दोलका मुख्य शक्तिहरू अहिलेको मोर्चामा रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘यो मोर्चाभन्दा बाहिर रहेका नक्कली हुन, ती नेता हैनन्, हु भनेका छन् तर हैनन् ।
उनले संविधान उल्लघन गर्ने, संसद विघटन गर्नेबाट जनताको पक्षमा परिवर्तन नहुने र आन्दोलनको नेतृत्व हुन पनि नसक्ने धारणा राखे । सरकारमा बस्नका लागि गलत काम गर्दै नगर्ने भन्दै उनले थपे, सत्तामा बस्नका लागि जे पनि गर्छ भन्ने नसोच्नुहोस् । एमसिसिका विषयमा देशको स्वाधीनता र राष्ट्रिय हित लागि लडिरहेको पनि उनले बताए ।
उनले सुशासनको पक्षमा सरकारले काम गरेकोले आम जनतामा केहि हुन्छ की भन्ने आशा र भरोसा जागेको बताए । भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा सरकार लागि परेको बताउँदै उनले भने, जहा जहा वेथिति छ त्यहा त्यहा प्रहार गर्दै जान्छौं । अर्थतन्त्र सुधारका लागि निरन्तर बैठक तथा छलफल हरु गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले विस्तारै लयमा अर्थतन्त्र फर्कन थालेको बताए । वित्तिय नीति र मौदिक नीतिमा तालमेल हुदै लयमा अर्थतन्त्र फर्कने उनको भनाइ छ ।
कार्यक्रममा वोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा मोर्चाका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परिवर्तन गरी देश बनाउने अभिारा मोर्चा सामु आएको भन्दै विगतका अनुभवहरुलाई एक ठाउमा राखेर शक्ति गोलवद्ध गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले आफूहरुका लागि देश प्यारो रहेको भन्दै सरकार जोगाउन अनुचित सम्झौत ागर्न नहुने पनि बताए । एमसीसीका सन्र्दभमा उनले नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल नहुने र नेपालको कानुन वाहेक स्वीकार हुन नसक्ने भन्दै यसका सवालमा कुनै अनुचित कुराहरु छन भने जानाकारी गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।
मुलुक नया खालको ध्रुविकरणमा: विप्लब सी

नेकपाका महासचिव विप्लब सीले मुलुकमा स्वाधिनताको लडाइ जारी रहेको भन्दै मुलुक सामाज्यवादीको चंगुलबाट मुक्त भएको देख्न चाहेको बताए । मुलुक वनाउन प्रचण्डलाई सरकारबाट लडाइ लड्न आग्रह गरेका विप्लबले आफूहरु सडक र चोक चोकबाट लड्ने बताए । समाजवादका लागि लडाइका लागि मुलुक नया खालको ध्रुविकरणमा आएको विश्लेषण पनि उनले गरे । नेपाली जनताको सेव ागर्ने चाहना रहेको भन्दै उनले मोर्चा त्यसतर्फ जाने बताए । जसपाका नेता राजकिशोर यादवले भ्रष्टाचार, वेथितिका गाथाहरु अन्त्य गरी शुसासन तर्फ अगाडी बढ्ने कार्यभार सरकार तथा प्रचण्डसग रहेको बताए ।
कार्यक्रममा एकीकृत समाजवादीका नेताहरु प्रमेश हमाल, सोमप्रसाद पाण्डे, माओवादी केन्द्रका सुर्दशन बराल नेकपा विप्लव समुहका बसन्तसीलगायतले माओका बारेमा चर्चा गरेका थिए ।