२०८१ श्रावण १२

पाल्पाको जोर्तेमा स्कार्पियोलाई ढुंगाले थिच्दा तीनको मृत्यु, आठजना घाइते
  • लुम्बिनी खोज
  • २०८० भाद्र १३, बुधबार ०६:५५ गते

बुटवल, १३ भदौ ।

गुल्मीको तम्घासबाट बुटबलका लागि छुटेकाे स्कर्पीयाे पाल्पामा दुर्घटना हुँदा तीनजनाकाे घटनास्थलमै मृत्युु भएको छ ।

बुधबार बिहान ८:१५मापाल्पाको रिब्दिकाेट गाउँपालिका -०२ जाेर्तेमा गएकाे पहिराेमा परी लु १ ज ४६०० नम्बरको स्कर्पीयाे दुर्घटनामा परेकाे हाे । बिहान ५ बजे बुटबलका लागि यात्रु लिएकाे छुटेकाे स्कर्पीयाे दुर्घटनामा परेकाे हाे । पहिरोसहित आएको ढुंगाले स्कार्पियो थिच्दा तीनजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार  घाइतेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । स्कर्पीयोमा चालकसहित ११ जना सवार थिए ।