२०८१ श्रावण १२

एमाले लुम्विनीको अधिवेशन तयारी, नेतृत्व चयनका लागि प्रतिस्पर्धा र समन्वयको बाटो खुलाः सचिव अर्याल
  • लुम्बिनी खोज
  • २०८० भाद्र १५, शुक्रबार १२:१७ गते

सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट

बुटवल १५ भदौ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिबाट बुटवलमा शुरु हुदैछ । अधिबेशन जति जति नजिक आउदै छ त्यति त्यति नेतृत्व हात पार्न नेताहरुको कसरत पनि बढिरहेको छ । अधिबेशन तयारीका काम सगै नेतृत्व हात पार्न मुख्य २ समुह सक्रिय रहेका छन । यहा उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्षबाट प्रदेशका हालका अध्यक्ष राधाकृष्ण कँडेललाई अध्यक्षका लागि अगाडी सािरएको छ भने महासचिव शंकर पोखरेल पक्षबाट हरि रिजाललाई अगाडी सारिएको छ ।
दुवै पक्षले आन्तरिक भेला तथा बैठकहरु गरिरहेको अवस्थामा शुक्रवार अधिबेशन तयारीका सन्र्दभमा प्रदेश कमिटीले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । १६ गते देखि शुरु हुने दुई दिने लुम्बिनी प्रदेशको पहिलो अधिवेशन बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न हुँदैछ । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्दै छ अधिबेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार दिउसो साढे १२ वजे अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा गर्ने प्रदेश अध्यक्ष कँडेलले बताए ।
उनका अनुसार उद्घाटन शत्रमा पार्टीका उपाध्यक्षहरु युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं सचिव प्रदेशका इन्चार्ज पदमा अर्यालका साथै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सदस्यहरु, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहनेछ ।
उद्घाटपूर्व विहान १० वजेदखि बुटवलका १९ वटै वार्डहरु, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताको पंक्ति राजमार्ग चौराबाट जुलुस तथा झाँकी सहित अधिबेशनस्थलमा प्रवेश गर्नेछ ।
अधिबेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरुबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरुबाट छानिएका १ हजार ४ प्रतिनिधिहरु प्रतिनिधि रहेका छन ।
लुम्विनीमा यस अघि ५ सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अव अधिबेशनले २०५ सदस्यीय कमिटी निर्माण गर्दैछ ।
सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीबाट
रुपन्देही – १६४, कपिलवस्तु – ७२, दांङ – १३१, बाँके – ५४, वर्दिया – ७४, रुकुमपूर्व – १२, रोल्पा – २७, प्युठान –५७, अर्घाखाँची –८२, गुल्मी – १११, पाल्पा – ८३ र पश्चिम नवलपरासीवाट ५२ जना प्रतिनिधि रहेका छन । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १ हजार ४ जना रहेका छन ।
अधिबेशन तयारीको सन्दर्भमा गठित विभिन्न उपसमितिहरु मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले अधिबेशन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेको अध्यक्ष कडेलले बताए । प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले पहिलो र ऐतिहासिक अधिबेशन भएकाले यस अधिबेशनले विशेष महत्व राख्ने भन्दै अधिबेशन तयारीका सवालमा विभिन्न काम सम्पन्न भएको बताए ।
यस्तो छ एमाले लुम्विनी प्रदेश कमिटीको विगत
२०७३ कार्तिक १४ गते (साविक प्रदेश नं.५) मा विष्णुप्रसाद पौडेलको संयोजकत्वमा ८३ सदस्यीय लुम्बिनी प्रदेश संगठन कमिटीको गठन ।
२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन पश्चात् साविकका दुवै पार्टी कमिटीलाई एक बनाउन गठित कार्यदलको निर्णय सिफारिस र केन्द्रको निर्णय अनुमोदन पश्चात् ओनसरी घर्तीको नेतृत्वमा २०६ सदस्य तत्कालीन ५ नं. प्रदेश संगठन कमिटी गठन ।
२०७७ फाल्गुण २३ गते सर्वोच्च अदालतले २०७५ जेठ २ कै अवस्थामा अर्थात् साविकको आ–आफ्ना पार्टी स्थापित हुने गरी भएको फैसला पश्चात् नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटी लिला गिरीको नेतृत्वमा पुर्नगठन ।
२०७८ मंसिर १०–१२ गते चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन पश्चात् केन्द्रीय कमिटीको पहिलो बैठकबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्षमा राधाकृष्ण कंडेल, उपाध्यक्ष, सचिव र उपसचिवहरुमा क्रमशः भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लिला राना र दुर्गाप्रसाद थारु रहेको ५७६ सदस्यीय कमिटी गठन ।
पार्टी लोकतान्त्रिकरणमा एमाले नमुना पार्टीः अर्याल
एमाले सचिव एंव लुम्विनी प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टी लोकतान्त्रिकरणमा एमाले नमुना पार्टी रहेको बताएकी छिन । प्रदेश अधिबेशनको तयारीका सन्दर्भमा शुक्रवार बुटवलमा भएको पत्रकार सम्मेलनमा वोल्दै उनले अरु पार्टीलाई लोकतान्त्रिकरणको अभ्यास सिकाउने पार्टी समेत एमाले भएको जिकिर समेत गरिन् । उनले प्रदेश नेतृत्वका लागि पार्टीभित्र प्रतिस्पर्धा र समन्वय समझदारी दुबै बाट खुला रहेको समेत बताइन । समन्वयबाट सहमतिमा नेतृत्व चयन हुन नसके अनुशासित र स्वच्छ निर्वाचन गराउने पनि बताइन । अधिबेशनमा प्रदेशको कार्ययोजनाका बारेमा छलफल हुने र प्रदेशको सम्वृद्धि तथा विकास एंव जनताको जनजिविकाका सवालमा कार्ययोजना निर्माण समेत गर्ने बताइन ।
पत्रकार सम्मेलनमा वोल्दै एमालेका अर्का नेता सूर्य थापाले एमाले यत्रतत्र सर्वत्र भएकाले रिसोर्ट तथा रेष्टुरेण्टहरुमा एमाले जानु स्वभाविकै रहेको टिप्पणी गरे । लुम्विनीमा आश्र्यय चकित पार्ने गरी नेतृत्व चयन हुने टिप्पणी समेत उनले गरे । बुटवल एमाले मय भएर अधिबेशन सम्पन्न हुने उनले बताए ।