२०८१ श्रावण १२

एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेका छौः नेता पुन
  • लुम्बिनी खोज
  • २०८० भाद्र १६, शनिबार ११:२६ गते

बुटवल,१६ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र )का स्थायी कमिटी सदस्य एबं रुपन्देही जिल्ला इन्चार्ज गणेशमान पुनले देशमा एउटै बामपन्थी पार्टी बनाउने अभियानमा लागेको बताएका छन ।

नेकपा माओवादी केन्द्रले देशव्यापी रूपमा संचालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को बुटवल उपमहानगरपालिका वडानं ३ मा उद्घाटन गदै उनले एउटै वामपन्थी पार्टी बनाउने अभियानकै क्रममा समाजवादी मोर्चा निर्माण भएको तर्क गरे । उनले नयाँ ढंगको पार्टी निर्माण अहिलेको आवश्यकता रहेको बताए । उनले पार्टीका नेता कार्यकर्तालाई समेत रुपान्तरित हुन अभियानले प्रेरित गर्ने बताए ।

नेता पुनले मुलुकमा माओवादीले उठाएका एजेण्डा स्थापित भइसकेको बताउदै पार्टीमा रहेका कमिकमजोरी औल्याउदै सबै अटने माओवादी बनाउन देशभर जनतासंग माओवादी अभियान चलाइएको बताए । पुर्वमन्त्री समेत रहेका नेता पुनले बर्तमान सरकारले सुसासनको पक्षमा गरेका कार्यहरुको प्रसंशा गदै ति कार्यहरु जनतासंग पु–याउन नेता कार्यकर्तालाइ आग्रह गरे । उनले पार्टीको संगठन निर्माण र जनताका काम संगसगै गर्नुपर्ने तर्क समेत गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश सदस्य खिम नारायण पराजुली, बुटवल उपमहानगर पालिकका बडानं ३ का अध्यक्ष बिष्णु ढकाल , माओवादी केन्द्रका बुटवल उपमहानगरपलिका वडानं ३ का अध्यक्ष जगबहादुर श्रेष्ठ, इन्चार्ज जितेन्द्र खत्री,बहुमुखी आश्रीत टोल बिकास संस्थाका अध्यक्ष तोयनाथ भण्डारी लगायतले बोल्दै पार्टीले सन्चालन गरेको यस अभियानले कार्यकर्तामा नया उत्साह थप्ने र ०८४ को आम चुनावमा पहिलो पार्टी बनाउन क्रियासिल रहने र बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि माओबादीमा प्रबेश गरेका दर्जनौलाइ पार्टी स्थायी कमिटि सदस्य गणेशमान पुनले टिका खादा लगाएर स्बागत गरेका गरेका थिए ।