२०८१ श्रावण १२

एमाले लुम्विनी प्रदेश अधिबेशन शुरु एमाले सरकारबाट हटेपछि विकासका काम रोकिएःओली
  • लुम्बिनी खोज
  • २०८० भाद्र १६, शनिबार १४:३५ गते

बुटवल १६ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी गरका छन । एमाले लुम्विनीको अधिबेशनको शनिवार बुटवलमा उद्घाटन गर्दै उनले अहिलेको सरकारबाट मुलुकको विकास तथा सम्वृद्धि संभव नभएको पनि बताए ।
सरकारमा बस्ने काम नगर्ने, अर्थतन्त्र ध्वस्त पार्ने अनि एमाले विरुद्ध सडकमा उत्रिने, यीनीहरुले सरकार चलाउन सक्दैनन, यीनीहरुसग सोच तथा गन्तब्य केही छैन, उनले भने । ओलीले प्रदेश नेतृत्वमा सहमति जुटाउन लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरुलाई निर्देशन समेत दिए ।
एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका हुन् । लुम्विनी प्रदेशले उच्च स्तरीय एकता र लोकतान्त्रिक अभ्यास गर्ने विश्वास ब्यक्त गर्दै उनले नेताहरुका नाम जोडेर अनावश्यक अभ्यास नगर्न समेत निर्देशन दिए । पार्टीका नेताहरुको लाइन लुम्विनी प्रदेशमा रहेको भन्दै उनले भने, तपाईहरु भरे बेलुका बस्नुस् र नेतृत्वबारे सहमति गर्नुस, नेताहरुले मिलाउनुहोस्, चित्त बुझ्ने निष्कर्ष निकाल्नुहोस् सबैको चित्त बुझाउनुहोस् मैले भोलि घोषणा गर्दिमला ।
गुटवन्दीका विरुद्धमा रहेको उपाध्यक्ष पौडेलको भनाइ
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफू सधै गुटवन्दीका विरुद्धमा रहेको बताए । पार्टीलाई बुझ्ने, पार्टी भित्र भविष्य देख्नेले गुटबन्दी नगर्ने भन्दै लुम्विनी प्रदेश अधिबेशनबाट एकताको सन्देश दिनु जरुरी रहेको पनि उनले बताए । एमालेले जित्नै पर्ने ठाउँहरु गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको बिषय प्रदेश अधिवेशनमा समीक्षा हुनुपर्छ भन्दै उनले विगतका अनुभव, कमजोरीको समीक्षा गरेर अगाडी बढ्नुपर्ने समेत बताए । विगतमा अन्तरघात, असयोग, निष्कृया भुमिका, अरुलाई सहयोग लगायतका प्रवृतिहरुको निर्ममता पूर्वक समिगा हुनुपर्ने धारणा राखे । एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्ने छुट कसैलाई नहुने पनि उनले बताए ।
एमाले महासचिव शंकर पोखरेलले लुम्विनी प्रदेशमा एकतावद्ध रुपमा सफल नेतृत्व चयन गर्न शुभकामना ब्यक्त गर्दै आफू र विष्णु पौडेल एक साथ रहेको दावी गरे ।
अधिबेशन उद्घाटन समारोहमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले पनि पार्टी एकतामा जोड दिएका थिए । त्यस्तै केन्द्रीय सचिव पद्मा अर्याल, प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले पार्टी माथि चौतर्फी आक्रमण भइरहेको भन्दै यस्तो वेलामा पार्टीलाई एकतावद्ध बनाएर अगाडी लैजानुपर्नेमा जोड दिएका थिए ।