२०८१ श्रावण १२

एमाले लुम्विनीको नेतृत्व चयनका लागि मंगलबार मतदान
  • लुम्बिनी खोज
  • २०८० भाद्र १८, सोमबार १८:१६ गते

 

एमाले लुम्विनी प्रदेशको नेतृत्व चयनका लागि मंगलवार बिहान मतदान शुरु हुने भएको छ । सोमवार साझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन पछि मतदानको तयारीमा निर्वाचन कमिटी जुटेको थियो । निर्वाचन कमिटीले राती ८ बजेबाट मतदानको कार्यक्रम तय गरेकोमा मतपत्र छपाईमा ढिलाई भएपछि १० बजेबाट गर्ने भनिएपनि त्यो पनि संभव नभएपछि मंगलवार विहान गर्ने गरी स्थगित गरिएको छ । कमिटीका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले मतपत्र छपाई सहितका काम नसकिएपछि मंगलवार विहान मतदान शुरु गर्ने गरी निर्वाचनको कार्यक्रम राती स्थगित गरिएको बताए ।
प्रदेश कमिटीमा चयन हुने ५ पदाधिकारीसहित २ सय ५ सदस्य मध्ये जिललाबाट चयन हुने सदस्यहरु भने अधिकांस जिललाबाट निर्विरोध चयन भएका छन । यी जिल्लाबाट आवश्यक संख्या अनुसार कपिलवस्तुबाट २१, अर्घाखाँचीबाट ११, पाल्पाबाट १४, नवलपरासी पश्चिमबाट १४, बर्दिया १४, प्युठानबाट १०, रोल्पाबाट ६ र रुकूम पूर्वबाट ६ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । लुम्बिनीका १२ जिल्लामध्ये अब ४ जिल्लाबाट चयन हुने सदस्य चयन गर्न मतदान हुनेछ । यी ४ जिल्लामा पनि सबै सदस्यमा मतदान नहुने स्थीति छ । कुनै जिल्लामा खुल्ला तर्फ त कुनै जिल्लामा आदीवासी जनजाती जस्ता गेत्रबाट प्रतिनिधि हुनेमा मतदान हुने भएको छ । त्यस्तै पदाधिकारी ५ मध्ये सचिवबाहेक ४ वटामा निर्वाचन हुनेछ । त्यस्तै प्रदेशमा खुल्ला तर्फबाट सदस्यमा चयन हुने संख्या १० रहेकोमा ३७ जनाको उम्मेदवारी परेको छ ।

एमालेको प्रदेश अधिबेशन अन्तरगत शुरुमै लुम्विनीमा गर्न लागिएको पहिलो प्रदेश अधिवेशनमा सहमति प्रयास असफलपछि एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्वका लागि मतदान हुन लागेको हो । यहा अध्यक्षका लागि राधाकृष्ण कँडेल र हरि रिजालले चुनावी मैदानमा छन । उनीहरुले आइतबार नै उम्मेदवारी दर्ता गराएका थिए । हाल प्रदेश अध्यक्ष समेत रहेका कँडेल उपाध्यक्ष विष्णु प्रसाद पौडेल र केन्द्रीय सदस्य रिजाल महासचिव शंकर पोखरेलनिकट मानिन्छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट चयन गर्न विशेष जोड गर्दै बुटवलमा नेता तथा प्रतिनिधिहरुलाई निर्देशन दिएर फर्किएपनि यहा सहमति जुट्न नसकेपछि मतदानबाट नेतृत्व चयन गरिन लागेको छ । यहा दुई पक्षको अघोषित प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । तर सचिव पदमा भने हालका सचिव लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । अन्य पदमा भने दुवै पक्षका उम्मेदवार चुनावी मैदानमा भिडेका छन् । यहा उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ रुपन्देही, पुजन विश्वकर्मा बाके, विश्वराज बराल (अनुप) रुपन्देही र शान्तकुमार वली रोल्पा गरी ४ जना र उपसचिवमा तीन जना महिला तथा ३ जना पुरुष उम्मेदवार रहेको प्रमुख निर्वाचन अधिकृत भण्डारीले बताए ।
लुम्बिनीमा यसअघि पाँच सय ७६ सदस्यीय प्रदेश संगठन कमिटी रहेकोमा अधिवेशनले दुई सय पाँच सदस्यीय कमिटी बनाउनेछ । अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्यबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि सहभागी छन ।
सबैभन्दा धेरै प्रतिनिधि रूपन्देहीबाट
रूपन्देही– १६४, कपिलवस्तु– ७२, दाङ– १३१, बाँके– ५४, बर्दिया– ७४, रुकुम पूर्व– १२, रोल्पा– २७, प्युठान– ५७, अर्घाखाँची– ८२, गुल्मी– १११, पाल्पा– ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि रहेका छन । त्यस्तै, जनसंगठनबाट ८३ गरी जम्मा एक हजार चारजना रहेका छन् ।