२०८१ श्रावण १२

बिपी साहित्य महोत्सव सुरू
  • लुम्बिनी खोज
  • २०८० भाद्र २४, आईतवार १०:४५ गते

बुटवल, २४ भदौ ।

नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव सुरू गरेको छ। महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेलुन उडाएर र पानसमा बत्ती बालेर सुरू गरेका हुन्।

पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वश्वेरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० हुनेछ।

बिपी कोइरालाको ११० औ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना, नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिबार र फाइनआर्टको सहयोगमा यही भदौ २६ गतेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ भएको हो।

कांग्रेसले कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष विपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।