२०८१ श्रावण १२

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई तारेखमा छोड्न आदेश
  • लुम्बिनी खोज
  • २०८० भाद्र २४, आईतवार ११:११ गते

 

काठमाडौँ २४ भदौ ।
ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएको अभियोगमा पक्राउ परेका १८ जनालाई तारेखमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।
अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।कलाधर देउजा र विनोदप्रसाद पौडेलसँग १५–१५ लाख तथा रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, धमनकुमार कार्की, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र, अरुण कुमार श्रेष्ठ र लोकहरि घिमिरेसँग जनही सात लाख ५० हजार धरौटी मागिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।