२०८१ श्रावण १२

१० लाखको अबैध सामान बरामद
  • लुम्बिनी खोज
  • २०७८ पुष ३०, शुक्रबार १६:१७ गते

बुटवल ,३० पुस । रुपन्देही प्रहरीले अबैध चिनिसहित पिकअप सवारी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शुक्रवार साढे ५ बजे तिलोत्तमा नगरपालिका वडा नं. १४ शिवपुरबाट चिनि बरामद गरेको हो ।
देवदह नगरपालिका वडा नं. ४ का अनिल नेपालीले चलाएको लु १ च ५०१० नंम्वरको पिकअप जिपमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको चिनी ३१ बोरा बरामद भएको जिप्रकाले जनाएको छ । पिकअप जीप सहित अंन्दाजी मुल्य १० लाख २४ हजार बराबरको चिनी स्थानियको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको छ ।