२०८१ श्रावण १२

भारतलाई एसिया कप क्रिकेटको उपाधि
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३१, आईतवार १३:४३ गते

 

बुटवल ३१ भदौ, ।
एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेट हराउँदै एसिया कपको उपाधि जितेको हो।
भारतले पाँच वर्षपछि उपाधि जितेको छ। सन् २०१८ यता भारत उपाधिविहिन थियो।यो भारतको ८औं एसिया कप उपाधि हो ।
फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।
भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे ।

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।
यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।