२०८१ श्रावण १२

१०३ प्रकारका औषधि प्रयोग नगर्न निर्देशन
  • लुम्बिनी खोज
  • २०८० आश्विन १, सोमबार १४:४४ गते

काठमाडौँ १ असोज ।
औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। प्रतिजैविक प्रतिरोध औषधीको प्रयोगलाई न्यूनिकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको विभागले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि ती औषधीको प्रयोगका लागि सिफारिस गरेको छैन ।
विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरुप प्रतिजैविक प्रतिरोधबाट हुने विरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ ।

प्रतिजैविक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढवा दिने उद्देश्य हासिल गर्न औषधी सल्लाहकार समितिको सफारिसमा ती औषधीको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न नगराउन निर्देशन दिएको विभागले जनाएको छ ।