२०८१ श्रावण १२

राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोषको अध्यक्षमा पुनः मोहन भुसाल
  • लुम्बिनी खोज
  • २०८० आश्विन ११, बिहीबार १५:०८ गते

अर्थतन्त्रमा सुधार गर्नुपर्नेमा लुम्विनीका सभामुखको जोड

बुटवल ११ असोज ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले अर्थतन्त्रमा सुधार नगर्दा सम्म मुलुकमा आर्थिक समृद्धि आउन नसक्ने बताएका छन् । उनले राष्ट्रिय उत्पादन बढाउनुपर्नेमा जोड पनि दिएका छन् र्। सरकार र निजि क्षेत्रले राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिनुपर्ने धारणा समेत राखेका छन् ।
राष्ट्रिय यातायात उद्यमशिल मजदुर भलाई कोषको ७ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनको बिहिवार उद्घाटन गर्दै सभामुख घर्ती मगरले यातायात क्षेत्रको प्रवद्धन र बिकासको लागी पहल गर्ने समेत बताए ।
कार्यक्रममा यातायात तथा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले यातायात क्षेत्रको समस्या समाधान गर्न प्रदेश यातायात प्राधिकरण गठन गर्न माग गरे । यातायातसग सरोकार राख्नेरुले यातायात क्षेत्रको एकीकृत बिकास र प्रवद्धनको लागि प्रदेशमा प्राधिकरण गठन गर्नु पर्ने बताएका हुन ।
कार्यक्रममा कोषका अध्यक्ष मोहन भुसाल, कोषाध्यक्ष माधव प्रसाद श्रेष्ठ, पश्चिम नेपाल बस ब्यावसायी संघ प्रालिका निर्देशक राम चन्द्र भुसाल, रुपन्देही ब्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकाल, उद्योग बाणिज्य संघ बुटवलका महासचिव बिमलराज भट्टराइलगायतले यातायात तथा आर्थिक क्षेत्रका बारे चर्चा गरेका थिए ।
अध्यक्षमा भुसाल
अधिवेशनले अध्यक्षमा मोहन भुसाल पुनः निर्वाचित भएका छन् । निर्वाचन अधिकृत यानेन्द्र जिसिका अनुसार भुसाल निविरोध भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद सापकोटा ९सागर०, उपाध्यक्ष महमद कलिम, महासचिवमा प्रकाश रिजाल, सचिवमा होम बहादुर पान्डे, सह सचिबमा दिनेश कुमार कसौधन, कोषाध्यक्षमा ओम बहादुर कुँवर पनि निर्बिरोध निर्वाचित भएको निर्बाचन अधिकृत जिसिले जानकारी दिए । त्यस्तै सदस्यहरुमा सन्तराम यादव , शत्रुधन शाह, लक्ष्मण भट्टराई , अशोक बस्नेत, लिलाधर लुइँटेल , पुर्ण बहादुर परियार ९प्रकाश०, लक्ष्मण कार्की , सन्तोष थापा , नमराज गिरि र दिपक शर्मा निर्बाचित भएका छ्न ।