४ जेष्ठ २०८१, शुक्रबार

अभिनेता अनमोल केसी पक्राउ
  • लुम्बिनी खोज
  • १२ आश्विन २०८०, शुक्रबार १३:३२

काठमाण्डौं १२ असोज ।
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पक्राउ गरेको हो ।
चलचित्र निर्माणका लागि पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ ।
अपराधिक विश्वासघात मुद्दामा अभिनेता केसी पक्राउ परेका हुन् ।
चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बताइएको छ। फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको र पछि अस्वीकार गर्दा एक करोड भन्दा धेरै नोक्सान भएको उनी विरुद्धको उजुरी छ। उनीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको प्रहरीले जनाएको छ।