२०८१ श्रावण १२

संघीयताको सुदृढीकरणमा माओवादी नेता गणेशमान पुनको जोड
  • लुम्बिनी खोज
  • २०८० आश्विन १४, आईतवार १२:५९ गते

बुटवल १४ असोज ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेशमान पुनले संघीयताको सुदृढीकरणमा जोड दिएका छन् । संघीयता तत्कालिन रुपमा झगडा मिलाउन ल्याएको नभइ समस्याको समाधानका लागि ल्याएको भन्दै यसको सुदृढीकरणमा जोड दिएका हुन् ।
आइतवार बुटवलमा पार्टीले गरेको पत्रकार सम्मेलनमा वोल्दै उनले संघीयताको मर्म अनुसार काम हुन नसकेकाले यसको सुदृढीकरणको आवश्यकतामा जोड दिएका हुन् । संघीयताको मर्म अनुसार तलैसम्म र्पुनसंरचना पुग्नुुपर्नेमा पुग्न नसकेको उनले बताए ।
सघीयता अहिले नै फेल भयो भन्न नमिल्ने भन्दै उनले जनताले पाउने सेवाका तुलनामा यसलाई मंहगो भन्न पनि नमिल्ने तर्क पनि उनले गरे । उनले जनतालाई सहज सेवा उपलब्ध गराउन शिक्षा स्वास्थ्यमा सहज पहुच पु¥याउन स्थानिय सरकारलाई प्रविधि, बजेट, जनशक्तिमा प्रदेश र संघले सहजीकरण गर्नुपर्ने धारणा राखे । सामुदायीक शिक्षा र स्वास्थ्यको माध्यमबाट जनतामा सुधार ल्याउन सकिने धारणा पनि उनले राखे ।
माओवादीको विशेष अभियानका लागि रुपन्देहीमा खटिएका पुनले जनतासग भेटघाटका क्रममा पाएका अनुभव पनि राखे । जनता सग जादा माओवादीले थालेको रुपान्तरण अभियानबारे जिज्ञाशाहरु उठ्ने गरेको उनले सुनाए । ‘को हो रुपान्तरण हुने भनेर जनताले प्रश्न सोध्ने गरेका छन् । हामी हो की यहाहरु हो अथवा यहा हरुको पार्टी हो रुपान्तरण हुने भन्ने प्रश्न जनताको छ, हामीले हामी रुपान्तरणका लागि अभियानमा छौं भनेका छौं, पुनले भने ।
कमजोरीहरु सच्चाएर रुपान्तरण हुने अभियानमा रहेको भन्दै जनता माझ पुगेको उनले बताए । पुराना नेता कार्यकर्ता देखि आम जनतामाझ अभियान पु¥याउदै अगाडी बढिरहेको भन्दै उनले युवा, महिला, पछाडी पारिएका समुदाय देखि सबै तहका समुदाय माझ अभियान जारी रहेको बताए । तीन महिनालाई भनिएको भए पनि अब यो अभियान निरन्तर जारी रहने बताए । १५–१७ वर्षसम्म जाम रहेको यो अभियान अब निरन्तर चल्छ, उनले भने । माओवादी सच्चिँदै जनसगठन बिस्तारमा लागेको भन्दै नेता पुनले राजनीतिमा युवा सहभागिता घट्दै गएको अवस्थामा अब युवा महिला र सीमान्तकृत समुदायलाई जोड्न पनि अभियानमा जोड दिइएको बताए ।