२०८१ श्रावण १२

विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ७ बिहान ११ बजेर २ मिनेटमा
  • लुम्बिनी खोज
  • २०८० आश्विन १७, बुधबार ०७:०३ गते

बुटवल १७ असोज ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११.०२ बजे रहेको जनाएको छ।

यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ।
कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ।
देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।
गत साउन महिनामा अधिक मास परेका कारण यस वर्षको बडादसैँ असोज अन्तिमदेखि सुरु हुँदै छ। कात्तिक पहिलो साता बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ।