२०८२ असार १
काठमाडौं १७ असोज।
माओवादी केन्द्रले थालेको तीन महिने बिशेष रुपान्तरण अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ्य भएका छन् । उनलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको छ । केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।
आचार्यको बुधबार बिहान एक्कासी बोली बन्द भएको बताइएको छ । शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि तत्काल बयलपाटा अस्पताल लगिएको थियो तर त्यहा सिटी स्क्यान नभएका कारण हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको थियो ।
सीधै काठमाडौं ल्याउन चाहेको भए पनि मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएपछि काठमाडौं ल्याउन लागिएको छ ।