२०८१ श्रावण १२

जनताको जीवन रक्षामा सरकार केन्द्रीतः मुख्यमन्त्री केसी
  • लुम्बिनी खोज
  • २०७८ माघ ३, सोमबार १६:१६ गते

बुटवल ३ माघ । बुटवल लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले कोरना नियन्त्रणका लागि प्रदेश सरकार लागि परेको बताउँदै सबै सरोकारवाला निकायको सहभागीतामा प्रदेशका जनताको जीवन रक्षा गर्न लागि रहेको बताएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागि संघीय सरकारका सरोकारवाला निकायसँग छलफल गर्दै भर्चुअल बैठकमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले गरिरहेका कामबारे चर्चा गरेका थिए । उनले प्रदेश सरकारको बजेटबाट मात्रै काम गर्न धेरै चुनौती रहेकोले बजेट तथा सामाग्री सहयोग गर्नका लागि संघीय सरकारलाई अनुरोध गरे । लुम्बिनी प्रदेशमा राजनीतिक दल, सरोकारवाला निकायहरुलाई कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडी बढेको भन्दै उनले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढेको बताए ।

कोरोनाको कारणले तराइको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु रहेका बताए । भर्चुअल बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले हालको सरकारको पहिलो कार्यभार भनेको जनताको स्वास्थ्य बचाउने भएकोले सबै प्रदेशमा त्यसरी नै काम गर्नका लागि निर्देशन गरेका थिए । बैठकमा प्रमुख सचिव डिल्लीराम शर्मा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव नरेन्द्र राना, मुख्यमन्त्रीका नीजि सचिव कमानसिंह थापा लगायतको सहभागीता रहेको थियो ।