२०८१ श्रावण १२

बुटवल उद्योग वाणिज्य संघको कार्यशाला सामुहिक लागानीको वातावरण बनाउन ढकालको आग्रह
  • लुम्बिनी खोज
  • २०७८ माघ ५, बुधबार १६:३२ गते

बुटवल, ५ माघ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संघको सोमबार र मंगलबार लुम्बिनीमा सम्पन्न रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठीले आगामी २ वर्षको लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गरेको हो ।
रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशालामा वोल्दै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनीमा लगानीको सम्भावना प्रशस्त रहेको बताउँदै सामुहिक लागानीको वातावरण बनाउन आग्रह गरे । उनले बुटवल उद्योग वाणिज्य संघलाई आवश्यक सहयोगको लागि आफू सधै सकारात्मक र प्रतिवद्ध रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सिंगो लुम्बिनी प्रदेशमा लगानीका सम्भावनाहरु प्रसस्त भएपनि वातावरण बन्न नसकेको बताए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापनाकालदेखि हालसम्म संघले आर्थिक तथा सामाजिक बिकासमा गरेको योगदानको चर्चा गरेका थिए । उनले यस क्षेत्रमा लगानीका सम्भावनाहरु भएपनि त्यसअनुसारको वातावरण अझै तयार नभईसकेको भन्दै त्यसका लागि आफूहरुको पहल र पैरवी जारी रहेको बताए । लुम्बिनी नामैले पनि पर्यटन उद्योगको लागि राम्रो सम्भावना रहेको र पर्यटकीय गन्तव्यको बिकास, प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न सकेमात्रै त्यससंग जोडिएको प्रर्यटन उद्योग फस्टाउन सक्ने बताउँदै उनले त्यसमा सबैको साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यशाला गोष्ठिले आर्थिक रुपमा सवल, विश्वसनीय सेवा प्रदायक, सक्षम सचिवालय एवं दुरदर्शी सुशासनयुक्त प्रतिनीधिमुलक नेतृत्वदायी संघको रुपमा बिकास गर्ने लक्ष्य तय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।
गोष्ठिले स्थानीय आर्थिक एवं व्यसायिक क्षेत्रको विकासको लागि प्रत्येक वर्ष कम्तिमा एउटा औद्योगिक व्यापार मेला वा कुनै विशिष्टिकृत मेला सञ्चालन गर्ने, संघका सदस्यहरुको आवश्यकता बमोजिम सेवामा सुधार गर्दै सदस्यहरुको सन्तुष्टि बृद्धि गर्दै जाने र वार्षिक ५ प्रतिशतका दरले सदस्य संख्या बृद्धि गर्दै जाने लक्ष्य तय गरेको छ । संघका कार्यरत कर्मचारीहरुको क्षमता तथा कार्यदक्षता अभिबृद्धिको लागि तालिम सञ्चालन गर्ने, उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदै वार्षिक रुपमा तालिम, गोष्ठीको आयोजना गर्ने र कार्यसमितिको व्यवसायिक क्षमता र दक्षता विकासका लागि वार्षिक रुपमा न्यूनतम एउटा अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने गरि गुणस्तरीय नीति अख्तियार गरेको हो ।
त्यस्तै उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सीर्जना गर्ने÷गराउने तथा उद्योग वाणिज्य क्षेत्रको हित संरक्षण र सवद्र्धन गर्ने÷गराउने उद्देश्यले लिईएको महासचिव भट्टराईले बताए ।
बिनय महर्जन पशिक्षक रहेको कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।