२०८१ श्रावण १२

आम्दा अस्पतालमा खानेपानी टंकीको उद्घाटन
  • लुम्बिनी खोज
  • २०८० आश्विन १८, बिहीबार १४:५२ गते

बुटवल ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा पुनःनिर्माण गरिएको खानेपानी टंकी उद्घाटन गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेको खानेपानी टंकी बिहिबार बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले उद्घान गरे ।
खानेपानी टंकीको उद्घाटन गर्दै पूर्वअध्यक्ष वझाले अस्पतालको मुल गेट नजिक रहेको खानेपानीले धेरैलाई फाइदा पुग्ने बताए । उनले आम्दा अस्पतालमा बुटवल उद्योग बाणिज्य संघको ठूलो योगदान रहेको बताउँदै अस्पतालको विकास र संरक्षणमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने धारणा राखे । उनले आम्दा अस्पतालको विकासमा संघले काम गरिरहेको भन्दै कोभिड कालमा निर्माण गरिएको भेन्टिलेटर सहितको कोभिड आईसीयु वार्डका कारण धेरैको जीवन रक्षा गरेको बताए । आम्दा अस्पतालमा कोरोना महामारीको समयमा संघले भेन्टिलेटर सहितको आईसीयु कोभिड वार्ड निर्माण गरिदिएको थियो ।
२०६३ सालमा निर्माण गरिएको खानेपानी टंकी जिर्ण भएपछि आस्पतालको आवश्यकताको आधारमा संघ र बुटवल लायनेश क्लवले संयुक्त रुपमा पुनःनिर्माण गरेका हुन् । लायन्स क्लब अब बुटवलका अध्यक्ष शरदमान श्रेष्ठले खानेपानी आधारभूत आवश्यकता भएकाले त्यसबेला लायन्स र लायनेसको तर्फबाट अस्पतालमा टंकी निर्माण गरिएको बताए ।
लायनेश क्लब अफ बुटवलकी अध्यक्ष बेगम श्रेष्ठले खानेपानी टंकी निर्माणमा उद्योग बाणिज्य संघसँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गरिन् ।
आम्दा अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र बस्यालले टंकी निर्माणपछि अस्पतालका सेवाग्राहीले मात्र नभई टोलबासीले पनि अब शुद्ध खानेपानी उपभोग गर्न पाउने बताए । उनले बुटवल उद्योग बाणिज्य संघबाट निरन्तर रुपमा आम्दालाई योगदान भइरहेको उल्लेख गरे । बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले आम्दा र संघबीचको सहकार्य निरन्तर रहने बताए ।
चार हजार लिटर क्षमताको टंकीबाट पानी फिल्टर भएर एक हजार लिटरको टं्याकीमा जाने ४ वटा धारा मार्फत शुद्ध खानपानी वितरण हुने संघका महासचिव विमलराज भटराइले जानकारी दिए । टंकी पुनःनिर्माण समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य बसन्त ढकालले १५ दिनको छोटो समयमै टंकीलाई नयाँ स्वरुप दिइएको जानकारी गराए ।
२०६२ सालमा लायन्स क्लब अफ बुटवल र लायनेस क्लब अफ बुटवलले संयुक्त रुपमा खानेपानी टंकीको निर्माण गरि स्व. सूर्यप्रसाद प्रधानबाट उद्घाटन गरिएको थियो । टंकी जिर्ण भएपछि लायनेस क्लबको ३ लाख र बुटवल उद्योग बाणिज्य संघको ८ लाख रुपैयाको लागतमा खानेपानी टंकी पुनःनिर्माण गरिएको हो ।