२०८१ आश्विन ३

नवीनमा निवन्ध लेखन तथा वक्तृत्वकला विषयक प्रशिक्षण
  • लुम्बिनी खोज
  • २०८० आश्विन १९, शुक्रबार ०९:४८ गते

बुटवल,१९ असोज ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यामिक विद्यालय देवीनगरमा निवन्ध लेखन तथा वक्तृत्वकला विषयक प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक कार्यतालिका २०८० अनुसार कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुलाई निवन्ध लेखन सम्बन्धी प्रशिक्षण विद्यालयका नेपाली विषय शिक्षक राम प्रसाद ज्ञवालीले र वक्तृत्वकला प्रतियोगिता सम्बन्धी प्रशिक्षण विद्यालयका नेपाली विषय शिक्षक होमनाथ कंडेलले सहजीकरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नेतृत्व विकास एवं व्यक्तित्व विकास, लेखन तथा बोलाइ सम्बन्धी क्षमता अभिवृद्वि एवं सीप विकास गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख एवं अंग्रेजी विषय शिक्षक दिपक ज्ञवालीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल सहभागी विद्यार्थीहरुको तर्फ बाट राहुल भण्डारी, राजन थापा, आयुषा नेपाली र सागर भण्डारीले धारणा राखेका थिए ।