२०८१ श्रावण १२

अभियानले जागरण पैदा ग-योः माधव नेपाल
  • लुम्बिनी खोज
  • २०८० आश्विन २१, आईतवार ०९:१० गते

रुपन्देही,२१ असोज ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको समस्या सम्बोधन गर्ने गरि जागरण अभियान शुरू गरिएको बताएका छन । अभियानले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत उनले बताए । नेकपा एकिककृत समाजवादीले शुरू गरेको मेचि महाकाली समाजवादी जागरण अभियान २०८० अन्तर्गत आईतबार भैरहवामा आयोजित जनसभालाइ सम्बोधन गर्दै जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केको बताएका हुन । उनले जनताको जिवनस्तर सुधार गर्न आवश्यक रहेकाले जनताकै विचमा जनताका मुद्दा लिएर अगाडि आएको बताए । उनले बेरोजगारी समस्या समाधान गर्ने गरि कृषिबाटै आत्मनिर्भर हुने सकिने बताए । अध्यक्ष नेपालले अझै पनि किसानहरूले समस्या झेलिरहेकाले त्यसका लागि समाधान गर्न सरकारसंग कुरा गर्ने बताए ।

जनसभामा पार्टीका महासचिव घनश्याम भुसालले गरिबी र बेरोजगारी उन्मूलन मुख्य कार्यभार रहेको बताए । उनले जनताको अधिकारलाई संविधानमा सुनिश्चित गरिएपनि मुख्य समस्याका रूपमा गरिबी रहेको बताए । बेरोजगारी समस्या समाधान गरि शुसाशन,समृद्विका लागि समाजवादी जागरण अभियान शुरू गरिएको उनले बताए ।
महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लडने बताए ।
जनसभामा पार्टीका उपमहासचिव डाक्टर विजय पौडेलले समाजवादी पार्टी निर्माणका लागि मेचीमहाकाली अभियान शुरू गरिएको बताए । कार्यक्रममा पार्टी रूपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादव, नेता रामबहादुर बस्नेत, युवा सार्दुल मिया लगायतले अभियानका बारेमा चर्चा गरेका थिए ।
यस्तै जनसभाकै अवसरमा नेकपा एमाले रोहिणी गाउँ कमिटि अध्यक्ष सुनिल कौशलको नेतृत्वमा सिगो गाउँ किमिट नै नेकपा एसमा समाहित भएको छ । कौशल सहितका टिमलाई पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले टीका लगाएर स्वागत गरे । गाउ कमिटीका पदाधिकारी, संगै ५ वडा शाखा कमिटीका अध्यक्षहरु एकिकृत समाजबादीमा प्रवेश गरेका छन ।