२०८१ श्रावण १२

फोहरमैलालाई स्रोतमा बदलौः मुख्यमन्त्री चौधरी
  • लुम्बिनी खोज
  • २०८० आश्विन २१, आईतवार १३:१२ गते

दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले फोहरमैलालाई स्रोतको रुपमा उपयोग गर्नु पर्ने बताएका छन् । उनले त्यसको पुनः प्रयोग र प्रशोधनबाट आयआर्जन गर्न सक्नु पर्ने बताए ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको आयोजनामा लुम्बिनीमा भएको फोहरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा उपर प्रदेशस्तरीय परामर्श कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले फोहरमैलाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण र फोहरमैलाको प्रभावकारी व्यवस्थापन गर्न प्रदेश सरकारले योजना बनाएर काम गर्ने बताए ।

उनले कानुनको मस्यौदा तयार गर्दा स्थानिय सरकार, प्रदेश सरकार र स्थानियसंग छलफल गरेर ल्याउनुपर्ने उल्लेख गर्दै भने, –अहिले आएको मस्यौदा केन्द्र सरकारले हामीलाई सुनाउँछ, तर छलफलमा उठेका सुझावहरुलाई समावेश गरिर्दैन् । मुख्यमन्त्री चौधरीले छलफलमा उठेका सुझावहरुलाई समावेश गरेर केन्द्र सरकारले कानुन बनाउने कुरामा आशा व्यक्त गरे ।
उनले फोहर व्यवस्थापनको लागि आफुबाटै शुरुवात गर्नु पर्ने उल्लेख गर्दै भने, सफा शहरको परिकल्पना त्यति बेला मात्र पुरा हुन्छ जतिबेला हामी सबैले फोहर निश्चित ठाउँमा विसर्जन गर्नुपर्छ भन्ने बुझ्छौ ।
अहिले फोहरमैला जथाभावि फाल्ने चलन भएको औल्याउदै मुख्यमन्त्री चौधरीले अव सबैले फोहरमैला व्यवस्थापनको लागि तोकिएको ठाउँमा फाल्नुपर्ने बताए ।