२०८१ मंसिर १८
काठमाण्डौं २४ असोज ।
इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् । साउदसहितको टोली आज राती इजरायल जाने भएका छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।
नेपाल वायु सेवा निगमको जहाज आज राति इजरायल जाँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।