४ जेष्ठ २०८१, शुक्रबार

नवीनमा ओजेटीको अन्तिम मूल्याङ्कन
  • लुम्बिनी खोज
  • २४ आश्विन २०८०, बुधबार १३:०२

बुटवल २४ असोज ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा ओजेटीको अन्तिम मूल्याङ्कन वुधबार सम्पन्न गरिएको छ ।
प्राविधिक धार तर्फ कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा १२ को अन्तमा ओजेटीको वाह्य परीक्षकद्वारा मूल्याङ्कन गर्ने राष्ट्रिय परीक्षा वोर्डको नीति अनुसार मूल्याङ्कन १०० दिन कार्यस्थलमा खटाइएको थियो । खटाउने क्रममा बुटवल उपमहानगरपालिका तथा ५ वटा नगरपालिकामा १० जना, बुटवल सडक विभागमा ६ जना, ५ वटा गाँउपालिकामा ५ जना विद्यार्थी १२ वटा इन्जिनियरिङ कल्सन्ट्रेन्सीमा १९ जना विद्यार्थीहरुले एक इन्जिनियरिङ प्रयोगशालामा १ जना, २ वटा निर्माण कम्पनीमा ६ जना विद्यार्थीहरु गरी ४७ जना विद्यार्थीहरु परिचालन भएका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा जुनियर इन्जिनियर कौशल ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख उप निर्देशक टिकाराम पन्थी, शाखा अधिकृत तथा सहायक निर्देशक कोपिला ज्ञवाली, राष्ट्रिय परीक्षा वोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी, वाह्य परीक्षक इन्जिनियर सागर भुसाल, प्रशिक्षक इन्जिनियर साम्व पन्थीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा ओजेटीको अन्तिम मूल्याङ्कनमा सुरु देखि हाल सम्म भएका प्रगति तथा खटन पटन सम्बन्धमा र सिभिल इन्जिनियरिङ समूहका संयोजक ई. विमल अर्यालले स्लाइड मार्फत प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीको तर्फबाट सुस्मिता पुन, शिशिर ज्ञवाली र निर्मल जङ्ग खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।