२०८१ श्रावण १२

रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन
  • लुम्बिनी खोज
  • २०८० आश्विन २८, आईतवार ११:४७ गते

 

बुटवल २८ असोज ।
रक्तसंचार केन्द्र बुटवलले रगत संकलनका लागि मोवाईल भ्यान शुरु गरेको छ । आइतवार एक कार्यक्रमका वीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सो भ्यानको विधिवत पुर्जा अर्चना गरि शुरुवात गरे । नवदुर्गा अन्तरगतको पहिलो दिन घटस्थापनको अवसर पारेर भ्यानको औपचारिक शुरुवात गरिएको हो ।
क्वालिटी युक्त रगत संकलनका लागि आवश्यक उपकरण सहितको भ्यान सेवा शुरु गरिएको रंक्तसंचार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानलेले बताए ।
सो भ्यान भित्र आकस्मीक रगत दानका लागि ४ वटा वेड, फि«ज बेशिन एसि, हेमोग्लोविन जांच गर्ने मेशिन, विपि सेट, व्लडव्याग मिक्चर, वेट मेशिन लगातको उपकरणको प्रवन्ध गरिएको छ । गाडि भित्रै पनि रगत दान गर्न र तत्काल फि«जमा राख्न सकिने भएकोले रगतको गुणस्तरका लागि पनि भ्यान उपयुक्त हुने रेडक्रश लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनीले बताए । सो अवसरमा उपमहानगरपालिकाका प्रमुख पाण्डेले रक्तसंचारको सेवा विस्तारका लागि आफुहरु सधै साथमा रहेको बताए ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद अर्याल, रोटरी क्लव अफ बुटवलका अध्यक्ष करुण खनाल, रेडक्रशका जिल्ला सदस्यहरु वरिष्ठ अधिवक्ता वेन वहादुर पौडेल क्षेत्री, टेक वहादुर थापा, कृष्ण चौहान क्षेत्री, प्रेम वहादुर सुनार, रक्त संचार केन्द्रका सदस्य सचिव राधा शर्मा ज्ञवाली, रक्तसंचार सेवा युनिट भैरहवाका प्रमुख पदम बस्याल लगायतको सहभागितामा मोवाईल भ्यानको शुभारम्भ गरिएको हो ।