२०८१ श्रावण १२

उद्योग संघमा सापकोटा निर्विरोध
  • लुम्बिनी खोज
  • २०८० आश्विन २८, आईतवार १२:५२ गते

बुटवल ।
रुपन्देही उद्योग संघको अध्यक्षमा दिलिप सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको २३ औं अधिवेशन अन्तर्गत भएको मनोनयन दर्तामा एकल उम्मेदवारी परेपछि सापकोटा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । सापकोटा सहित केही पदाधिकारी र केही सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्विरोध भएका छन् ।
यस्तै एशोसिएट सदस्यमा प्रज्जवल थान्जु, उमाशंकर मालापानी, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगरबाट लालहरि पाण्डे, राजु घिमिरे, तिलोत्तमाबाट रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका बाट नारायण प्रसाद ज्ञवाली र शुद्धोधन गाउंपालिका बाट टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र माया खनाल, कोषाध्यक्षमा युवराज आचार्य र सुरेन्द्र ज्ञवाली, सचिवमा सुमन बस्याल र कमल ज्ञवाली, सहकोषाध्यक्षमा विशाल बेल्बासे र प्रेमबहादुर आलेबीच चुनाव हुने भएको छ ।
यस्तै २ महिला सदस्यमा मिना थापा तुलाधर, शारदा भट्टराई र शारदा पहारीको उम्मेदवारी परेको छ ।
यस्तै ८ जना खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।
उद्योग संघमा स्वतन्त्र उद्योगीको उम्मेदवारी
बुटवल,
रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते भोली निर्वाचन हँुदैछ । उम्मेदवारी दर्ता भने असोज २७ गो हिजो भएको हो ।
स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो । पूर्व महिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन । खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृ हुन ।
त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको छ । वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए । ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन । यस्तै सचिवमा कमल ज्ञवाली र सह कोषाध्यक्षमा पे्रम बहादुर आलेको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार र अशोक कुवँरको उम्मेदवारी परेको छ ।
यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई र मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन ।
उद्योग संघको नयाँ नेतृत्वका लागि केही व्यक्तिले आफ्नो स्वार्थका लागि संस्था कब्जा गर्ने हेतुले अर्को प्यानल खडा गरेको स्वतन्त्र उद्योगी प्यानल समूहको जिकिर रहेको छ ।