२०८१ कार्तिक ६

रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा डुबेर दुईको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० कार्तिक ७, मंगलवार १६:०६ गते

बुटवल ७ कात्तिक ।
रुपन्देहीमा मूर्ति विसर्जनका क्रममा डुबेर दुईको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार रुपन्देहीको मर्चवारमा दुर्गा मूर्ति विसर्जनका लागि गएका दुईजनाको डुबेर मृत्यु भएको हो । अर्का एकजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेपत्ता भएका तीनजनामध्ये दुईजनाको शव फेला परेको जनाएको छ।

मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका( १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै, सोही ठाउँका २० वर्षीय सन्तकुमार राजभर बेपत्ता भए ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका– १ र ५ को सिमानाको रूपमा रहेको दुईमोहन नदीमा मूर्ति विसर्जनको क्रममा मंगलबार दिउँसो तीनजना नदीमा बेपत्ता भएका थिए । स्थानीय, सुरक्षाकर्मी र गोताखोरहरूबाट खोजतलास गरी दुईजनाको शव नदीबाट बाहिर निकालिएको छ ।