२०८१ श्रावण १२

राष्ट्रसंघका महासचिव गुटेरसको उच्चस्तरीय भेटघाट
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १२, आईतवार १२:१३ गते

राष्ट्रपति, प्रधानमन्त्रीदेखि नेताहरुसँग भेट
काठमाडौं, १२ कात्तिक ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले आइतबार उच्चस्तरीय भेटघाट गरेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि प्रमुख दलका नेताहरुसँग भेट गरेका छन् ।
आइतबार विहान १ बजे नेपाल आइपुगेका महासचिव गुटेरसले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गरेका थिए ।

गुटेरसले परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भेट गरेका थिए।
आज नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा छलफल भएको थियो।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमलाई संयुक्त सम्बोधनसमेत गरे।
सम्बोधनका क्रममा महासचिव गुटेरसले संक्रमणकालीन न्यायको प्रक्रियालाई सघाउन आफू तयार रहेको बताए।

महासचिव गुटेरेसले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे ।
प्रधानमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री र गुटेरसले संयुक्त सम्बोधन गरेका थिए ।
आज गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा महासचिव गुटरेस र राष्ट्रपति पौडेलबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताउँदै राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टिकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको आर्थिक, सामाजिक तथा दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि महासचिव गुटरेसलाई धन्यवाद समेत दिएका छन् ।