२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिक नगरपालिकामा सरसफाई अभियान सुरु
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १३, सोमबार १५:३२ गते

 

लुम्बिनी १३ कात्तिक ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा सरसफाई अभियान सुरु गरिएको छ । नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिका, लुम्बिनी विकास कोष, युएनडिपी नेपाल, स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।
सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो । प्रत्येक सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र सफा बनाउन चाहेको बताएका छन् । घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई उुचित व्यवस्थापन गर्न आग्रह गर्दै उनले आफनो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने बताए । फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भएकोे समेत बताउदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।
टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताईन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपमेयर हरिजनले सफाईमा बढि संवेदनशिल बन्नुपर्ने बताइन् ।