२०८१ श्रावण १२

मलेशियालाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १४, मंगलवार ११:०८ गते

काठमाण्डौं १४ कात्तिक ।
नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको हो।
टी–२० विश्वकपमा छनोट हुने यात्रामा निस्किएको नेपालको यो लगातार दोस्रो जित हो।
नेपालले अब लीगको अन्तिम खेलमा बिहीबार ओमानसँग खेल्ने छ। त्यो खेल पनि जितेर नेपालले समूह विजेता बन्ने प्रयास गर्ने छ। ओमान पनि दुई खेलमा विजयी भएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

मलेशियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपाललाई १६६ रनको लक्ष्य पाएको थियो। नेपालले अठारौँ ओभरमा चार विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो।