२०८१ श्रावण १२

विश्वकप छनोट भएको नेपाली टोलीलाई बधाई
  • लुम्बिनी खोज
  • २०८० कार्तिक १७, शुक्रबार १०:२२ गते

बुटवल १७ कात्तिक ।
नेपाल टी–२० विश्वकप छनोट भएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरुले नेपाली टिमलाई बधाई दिएका छन्। विश्वकप छनौट भएको खुशीयालीमा आम नेपाली खेलप्रेमीहरुले खुशी साटासाट समेत गरेका छन् । आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकपमा छनोट भएको हो।
शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको हो।

प्रधानमन्त्रीले नेपाली टिमलाई बधाई दिँदै भनेका छन्, ‘टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दछु। पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधैँ यहाँहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु।’

मूलपानीस्थित माथिल्लो मैदानमा युएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले दुई विकेटको क्षतिमा १७‍.१ ओभरमा लक्ष्य पूरा गरेको हो।