२०८१ चैत्र ४
बुटवल २० कात्तिक ।
लुम्बिनी प्रदेश प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले तीन तहका सरकारका वीचको अधिकार बाडफाड सन्तोषजनक रुपमा कार्यान्वयन हुन नसकेको धारणा राखेका छन् ।
चादनी नेपाल रुपन्देहीले सरोकारवालाहरु संग सुझाव संकलन गरि तयार गरेको औद्योगिक ब्यावसाय सम्बन्धि प्रचलित प्रदेश कानुनलाई संसोधन र एकीकरण गर्न बनेको बिधेयक सम्बन्धमा समिक्षा प्रतिबेदन ग्रहण गर्दैै उनले केन्द्रीकृत सोच त्याग्नुपर्ने धारणा राखे । सभामुख घर्तीले सरोकारवालाको सुझावले विधेयकलाई पुर्णता दिन सहयोग पुग्ने भन्दै औद्योगिक बिकासमा टेवा पुग्ने गरि ऐन बनाउनुपर्ने धारणा समेत राखे । प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितीका जेष्ठ सदस्य देवकरण कलवार, उमालेका प्रमुख सचेतक तुल्सी प्रसाद चौधरी प्रदेश सांसदहरु हेमा बेल्बासे, खेम सारु, प्रदेश सभाका सचिव दुर्लभ पुन मगर, चादनी नेपालका कार्यकारी निर्देशक भवानी पाण्डेयले समिक्षा प्रतिबेदनका साथै कानुन निर्माणका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य उज्वल कसजु, नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुली, उपभोक्ता हित संरक्षण मञ्चका रुपन्देही अध्यक्ष तेजकुमार पाठक, उद्योग संघका हिरामणी भट्टराई, बुटवल फर्निचर संघकी अध्यक्ष सावित्रा टण्डन, घरेलु तथा साना उद्योगकी रुपन्देही अध्यक्ष मन्जु भुसाललगायतले विभिन्न सुझाव राखेका थिए ।