२०८२ माघ २८
जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुग्यो ।
बुटबल १२ पुस ।राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । जुन दश वर्षअघि २०६८ सालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको तुलनामा २६ लाख ९७ हजार नौ सय ७६ ले मात्र बढी हो । राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत देखिएको छ । जब कि २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षाअनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख नौ हजार पाँचजनाले बढी
राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ जना र पुरुष जनसंख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ जना पुगेको छ। यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जना थप भएको छ। यसअघि ०६८ सालमा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो। महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ। तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख नौ हजार पाँचजनाले बढी छ।
प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ।
देशको दुईतिहाइ जनसंख्या सहरी क्षेत्रमा बसोवास
०७८ को जनगणनामा सहरी जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको छ भने ग्रामीण जनसंख्या छ ३३।९२ प्रतिशत पुगेको छ। राष्ट्रिय जनगणना ०६८ मा १७ दशमलव ०७ प्रतिशत सहरी जनसंख्या र ८२ दशमलव ९३ प्रतिशत ग्रामीण जनसंख्या रहेको थियो। तर, संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी ०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३ दशमलव १९ प्रतिशत र ग्रामीण जनसंख्या ३६ दशमलव ८१ प्रतिशत पुगेको थियो। ०६८ सालको जनगणनाको समयमा ५८ वटा मात्र नगरपालिका रहेकोमा सोहीअनुसार सहरी जनसंख्याको विश्लेषण गरिएको थियो। नेपाल सरकारबाट घोषित दुई सय ९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई सहरी क्षेत्रको जनसंख्या र सोबाहेकको चार सय ६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा सहरी जनसंख्याको वर्गीकरण गरिएको छ।
प्रविधिको प्रयोग गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनगणना
राष्ट्रिय तथ्यांक विभागले प्रविधिको प्रयोग गरेर लिपुलेक, लिम्पियाधुरा र कालापानीको जनजगणा गरेको जानकारी दिएको छ। ‘स्थलगत गएर जनगणना गर्न नसकेपछि प्रविधिको प्रयोग गरेर जनगणना गरिएको छ,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने। त्यो क्षेत्रमा कति जनसंख्या छ भनेर विभागले सार्वजनिक गरेको छैन। ‘अहिले प्रारम्भिक तथ्यांक मात्र सार्वजनिक गरिएकाले व्यक्तिगत विवरण दिन सकिएन, पछि सार्वजनिक गर्नेछौँ,’ उनले भने।
धेरै जनसंख्या काठमाडौं जिल्लामा, सबैभन्दा कम जनसंख्या मनाङमा
नेपालका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार पाँच सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा पाँच हजार ६ सय ४५ जनाको अक्सर बसोवास रहेको छ। मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू भएका छन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन्।
मधेस प्रदेशमा सबैभन्दा धेरै ६१ लाख जनसंख्या
मधेस प्रदेशमा सबैभन्दा धेरै ६१ लाख २६ हजार दुई सय ८८ जनसंख्या रहेको छ। यो कुल जनसंख्याको २० दशमलव ९९ प्रतिशत हो। सबैभन्दा न्यून जनसंख्या कर्णाली प्रदेशमा १६ लाख ९४ हजार आठ सय ८९ जना रहेका छन्। यो कुल जनसंख्याको ५ दशमलव ८१ प्रतिशत मात्र हो। दोस्रो धेरै जनसंख्या हुने प्रदेश बागमतीमा ६० लाख ८४ हजार ४२ जना रहेका छन। यो कुल जनसंख्याको २० दशमलव ८४ प्रतिशत हो । तेस्रोमा लुम्बीन प्रदेशमा १७ दशमलव ५५ प्रतिशत जनसंख्या रहेको छ। यो ५१ लाख २४ हजार दुई सय २५ जना हो भने चौथोमा प्रदेश १ मा ४९ लाख ७२ हजार २१ जना ९१७ दशमलव ०३ प्रतिशत० रहेको छ। पाँचौँ र छैटौमा क्रमशः सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश रहेका छन्। ती प्रदेशमा क्रमशः २७ लाख ११ हजार दुई सय ७० र २४ लाख ७९ हजार ६ सय ४५ जना रहेका छन्।
देशभर ६७ लाख ६१ हजार घर परिवार, घर भने ५६ लाख ४३ हजार मात्र
देशभर ६७ लाख ६१ हजार ५९ घर परिवार संख्या रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ। मुलुकभर घरको संख्या भने ५६ लाख ४३ हजार नौ सय ४५ देखाएको छ। ‘एउटै घरमा एकभन्दा बढी परिवार बस्ने गरेको देखियो,’ विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भने।
यसअनुसार २०७८ मा एक सयवटा घरमा एक सय २० परिवार बस्छ। यसअघि ०६८ मा एक सय घरमा एक सय १८ परिवार बस्ने गरेको थियो। ०६८ मा परिवार संख्या ५४ लाख २७ हजार तीन सय दुई थियो। पछिल्लो १० वर्षमा १३ लाख ३३ हजार पाँच सय ३१ परिवार संख्या थप भएको छ।
विदेशमा अक्सर बसोवास गर्ने जनसंख्या २१ लाख ६९ हजार चार सय ७८ जना
जनगणना ०७८ को प्रारम्भिक नतिजाअनुसार जम्मा २१ लाख ६९ हजार चार सय ७८ व्यक्ति नेपालको परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोवास गरेका देखिएको छ। त्यसमध्ये १७ लाख ६३ हजार तीन सय १५ पुरुष ९८१।२८ प्रतिशत र ४ लाख ६ हजार १०३ महिला ९१८।७२ प्रतिशत० रहेका छन्। दश वर्षअघि ०६८ सालगा घरपरिवारमा अनुपस्थित ९विदेशगा अक्सर बसोवास गर्नेहरूको संख्या १९ लाख २१ हजार चार सय ९४ थियो, जसमध्ये पुरुष १६ लाख ८४ हजार २९ ९८७।६४ प्रतिशत० र महिला दुई लाख २७ हजार चार सय ९१२।३६ प्रतिशत थिए। ०६८ को तुलनामा २०७८ मा बिदेसिने महिलाहरूको संख्या ७१।०९ प्रतिशतले बढेको देखिन्छ। भौगोलिक क्षेत्रअनुसार अनुपस्थित जनसंख्याको विशेषण गर्दा तराईमा १० लाख ६५ हजार नौ सय ६९, पहाडमा नौ लाख ८४ हजार आठ सय ९६ र हिमालबाट १ लाख १८ हजार ६ सय १३ रहेका थियो। नया पत्रिकाबाट