२०८३ बैशाख २४
बुटवल २४ बैशाख ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबास संघर्ष समिति रुपन्देहीको आह्वानमा बिहीबार बुटवलमा प्रदर्शन भएको छ। बुटवलको राजमार्ग चौराहाबाट मिलन चोक–अस्पताल रोड हुँदै ट्राफिक चोकसम्म विरोध प्रदर्शन गरिएको हो।
सरकारले आवश्यक तयारी र छलफलविना भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाउने गरी डोजर आतंक मच्चाएको भन्दै त्यसविरुद्ध गरिएको प्रदर्शनमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र शाहका विरुद्ध नाराबाजी भएको थियो।
समितिका संयोजक खगेन्द्र पौडेलले विगतमा नापजाँच भएका जग्गाको तत्काल लालपुर्जा उपलब्ध गराउनुपर्ने र डोजर आंतक बन्द गर्न माग गर्दै आन्दोलन गरिएको बताए। प्रदर्शनमा सहभागीले ‘हाम्रो कर वैध, हाम्रो मत वैध, हामी कसरी अवैध बालेन सरकाररु’ ‘डोजर आंतक बन्द गर, जनताको अधिकार कायम गर’, ‘विस्थापित हैन लालपुर्जा दे’जस्ता नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेका थिए।
केही दिनअघि बुटवलको वडा नम्बर ४ अदालतअगाडिका ९ वटा घरटहरा डोजर लगाएर हटाइएको थियो।

