२०८१ श्रावण १२

लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव
  • लुम्बिनी खोज
  • २०८० कार्तिक २०, सोमबार १२:४८ गते
लुम्बिनी, २० कार्तिक  ।

बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय बुद्ध विहारमा सोमबार ‘कथिन चिवर दान’ उत्सव भएको छ ।
भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।
रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मिना गुप्ता र कपिलबस्तु तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन । बौद्धभिक्षु उपसम्पन्न भएपछि तीन महिनासम्म ध्यानज्ञानमा बसेपछि समाजले हर्षोउल्लास स ि‘कथिन चिवरदान’ लाई उत्सवका रुपमा मनाउने गरिन्छ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ   ।
चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले  लुम्बिनी गुरुयोजना भित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै साँस्कृतिक प्रवद्र्धन गर्ने बताए । कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्ने गरी स्थानीयसँग लुम्बिनी भन्ने नीति लिइएको समेत कोषाध्यक्ष भट्टराईले बताए ।
राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै ‘कथिन चिवर दान’ बौद्ध भिक्षु उपसम्पन्न गरेपछि वरिपरिको जनसमुदायले सफलताको शूभकामना दिई सँगै उत्सव मनाउने अवस्थाका रुपमा बुझ्नुपर्ने बताए । उनले यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए । दान, शिल र भावनाको विकास गराउँदै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कार समेत भएको स्थविर भन्ते सागरधम्मले बताए ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, सचिव इन्दिरा नेपाल, सल्लाहकार निरु गौतमले बोलेका थिए । उक्त अवसरमा संघदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ । विहान श्रीलंकन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।
सोही अवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवद्र्धन गरेको भन्दै विभिन्न क्षेत्रका तीन जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, बर्षाबास संयोजक माया गुरुङ, विराद गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालय छन ।