२०८१ श्रावण १२

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी
  • लुम्बिनी खोज
  • २०७८ माघ १२, बुधबार १७:१५ गते

बुटबल १२ पुस । लुम्बिनी प्रदेशमा रिक्त तीन जना राष्ट्रिय सभा सदस्यको निर्वाचन  सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले  ४३७४  मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो। जसमा एकिकृत नेकपा समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भएका हुन् । निर्वाचन अधिकृत ऋतेन्द्र थापाले मतपरिणाम अनुसार  गठबन्धनका उम्मेदवारले  ४ हजार ३ सय ७४  मत भार प्राप्त गर्दै निर्वाचित भएका हुन्। त्यस्तै, प्रतिपक्षी  नेकपा एमालेका उम्मेदवारका पक्षमा ३ हजार ३ सय १२ मतभार मात्रै पुगेको थियो।

तीन जना राष्ट्रिय सभा सदस्य छान्न ८१ प्रदेश सभा सदस्यले मतदान गरेका थिए भने स्थानीय तहका २ सय १३ मतदाताले भोट खसालेका थिए। राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो।